१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बुटवल । बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषर वालमन्दिरमा दशैं सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उहाँले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे ।

Advertisement

उनले बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोंच्ने बेला आएको भनाई राखे । उनले बुटवलमा मानिसहरुको आकर्षण बढाउनको लागि वडा नं. १ पुरानो बुटवल (बटौली) बाट कामको सुरुवात गर्नुपर्ने बताउँदै नगरपालिकाले सोही अनुसार कामको थालनी गरेको जानकारी गराए । बुटवलमा पार्किङको समस्या रहेको बताउँदै पार्किङ व्यवस्थापनको लागि पुराना भवनहरुलाई पुनः निर्माण गरि अन्डरग्राउण्ड २ तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोँच बनाएको जानकारी गराए । त्यसको लागि पिपिपि मोडल उपयुक्त हुने उनको भनाई छ ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मुल्यमा बस्तुको विक्रिवितरण गरिने जानकारी गराए । संघले विगतदेखि सञ्चालन गर्दै आएको दशैं सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको, नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान राखिएको जानकारी गराए । यसबाट लाभ लिन पनि उनले सबैलाई आग्रह गरे । त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गरे । उनले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईको गुणस्तर तथा उपभोक्ता मुल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राखे ।

जिल्ला सुरक्षा समितिले चालपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले अपराधिक गतिबिधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जानकारी गराए । खुला सिमानाकामा हुने चोरी निकासी रोक्नको लागि प्रशासनबाट काम भईरहेको बताउँदै बस्तुको मुल्यलाई अलि प्रतिस्पर्धी बनाउन पनि सुझाव राखे । कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मुल्यबृद्धि भएको भनाई राखे । उनले यसका कारण नेपाली अर्थतन्त्र ठूलो दवावमा रहेको बताउँदै दुई तिन वर्ष यता आयातमा भएको अत्यधिक बृद्धिले अधिक व्यापार घाटा, विदेशी सञ्चिती कमजोर हुन पुगेको भनाई राखे ।

यद्यपी विदेशी सञ्चिती सुधारोन्मुख रहेको पनि जानकारी गराउनु भयो । यसले उपभोक्तालाई परेको मर्कामा संघले सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । उनले अहिले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य साधनको अभाव रहेको र व्याजदर बृद्धि हुँदा कर्जा महंगो पर्न गएको बताउँदै उनले जुन क्षेत्रमा कर्जा चाहेको हो त्यही क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे । त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी लगायतले शुभकामना व्यक्त गर्दै संघले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरे ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । यहि असोजको १४ गते पञ्चमी सम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको विक्रि वितरण गरिने छ ।

त्यस्तै दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ, लायन्स क्लव अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराए।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार