१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए।

Advertisement

“संविधानप्रति प्रतिद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन त्यसका लागि पहिले नागरिक देशको नागरिक बन्न पाउनुपर्छ”, उनले भने । गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे ।

लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लंघन हुनु गलत भएको बताए । “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सृजना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने रु”उनले प्रश्न गरे । मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उनले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्यांकन समेत गर्न आग्रह गरे ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गर्दै उहाँले यही कारण संघीयता विरोधी प्रश्न उठाउने ठाउँ पाएको बताए । आगामि दिनमा सरकारले यसलाई चिर्नसक्नुपर्ने उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिब चन्द्रप्रकाश खनालले राजनीतिलाई सहि दिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गरे ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले क्लबले विमोचन गरेको स्मारिकको विषयमा बोल्दै सुशासन आफैमा राम्रो शब्द भए पनि विश्लेषकहरुले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताए । राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गरे ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र संघीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारकारिता गरेको बताउँदै संविधान सभाबाट संविधान ल्याउन क्लबमा धेरै बहस गरेको बताए । प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले सबैको साझा मञ्चको रुपमा क्लबलाई उभ्याउने कोशिस गरिहरहेको बताए। कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?