ताजा अपडेट »

गाइवस्तु तस्करले थापेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु

सोमबार, १० असोज २०७९, ०९ : २२
18 Shares

नैरोबी ।  उत्तरी केन्यामा गाइवस्तु तस्करले राखेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार तुर्काना काउन्टीमा भएको उक्त हिंसामा मारिएकामध्ये आठ अधिकारी, दुई नागरिक र एक स्थानीय प्रमुख रहेका छन् । राष्ट्रिय प्रहरी सेवाका सदस्यहरूले यसअघि गाउँमा छापा मारेर गाईवस्तु चोरेका डाकुहरूलाई पछ्याइरहेका थिए । यस क्षेत्रमा गाईवस्तु र पानीलाई लिएर हुन झडप सामान्य हुन् । 

गाइवस्तुको तस्करको मुख्य हव बनेको यस क्षेत्रले जलवायु परिवर्तनको असर पनि झेलेको छ । पूर्वी अफ्रिकाले चार दशकमा सामना गरेको खराब  खडेरीबाट यो क्षेत्र पनि प्रभावित भएको छ । पानी र वर्षाको अभावमा ठूलो संख्यामा गाईवस्तु मरेका र बाली उत्पादन हुन सकेको छैन् ।

मानिसहरू खाना र पानीको लागि हताश छन् । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले पूर्वी अफ्रिकामा २ करोड मानिसहरू गम्भीर भोकमरीको जोखिममा रहेको जनाएको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।