ताजा अपडेट »

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने

आइतबार, ०९ असोज २०७९, २३ : २०
14 Shares

बुटवल । नेपालमा गत शुक्रबारदेखि प्रदर्शन भइसकेको नेपाली चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी भर्सन भने भोलि सोमबार,घटस्थापनादेखि प्रर्दशन हुँदैछ । छिमेकी राष्ट्र भारतसहित विश्वमा प्रदर्शन भएको हिन्दी भर्सन नेपालमा पनि सँगै प्रदर्शन हुने भनिएपनि विविध कारणले रोकिएको थियो ।

सोमबारदेखि क्यूएफएक्ससहित देशभरका सयभन्दा बढी हलमा फिल्म प्रदर्शन हुँदैछ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले प्राविधिक कारणले रोकिएको हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका छन् । पहिलोपटक भारत लगाएत विश्वका धेरै हलमा प्रदर्शन भएको नेपाली चलचित्रले भारत र नेपाल लगाएत अन्य देशमा पनि राम्रो व्यापार गरेको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगाएतका कलाकारको अभिनय छ।

नेपाली भर्सनमा भव्यताका साथ चलेको चलचित्रको हिन्दी भर्सन पनि नेपालमा राम्रै चल्ने आंकलन सरोकारवालाले गरेका छन् ।
‘प्रेम गीत ३’को हिन्दी डबलाई विदेशी मान्ने कि स्वदेशी भन्ने विवाद भइरहँदा बिहीवार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मकै मान्यता दिएको थियो ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला 'प्रेम गीत' र 'प्रेम गीत २' बक्स अफिसमा सफल भएका थिए। ठूलो लगानीमा निर्माण भएको 'प्रेम गीत–३' भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।