१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बुटवल । बुटवल उप–महानगरपालिका –११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पूरा भएको छ ।

Advertisement

लुम्बिनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पूरा भएको समितिले जनाएको छ । महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुँवरले तयारी पूरा भएको र सोमबार घटस्थापनादेखि महापुरण यज्ञ शुरु हुने बताए।

वि सं २०२२ सालमा यस क्षेत्रका धार्मिक व्यक्तिहरुको पहलमा तिलोत्तमा गंगा किनारमा निर्मित उक्त मन्दिर २०७३ मा जिर्णाेद्धार गरी हरेक वर्ष दुर्गा पुजन गरिदै आएको छ । २०३८ सालको वाढीले समेत यस मन्दिरले चर्चेको भूभाग कटान गर्न नसकेको कारण यस क्षेत्रमा देविको शक्ति रहेको विश्वास गरी यस क्षेत्रको नाम देविनगर रहन गएको स्थानीय बताउँछन् ।

मन्दिरको एतिहासिक तथा पौराणीक महत्वलाई उजागर गर्न महायज्ञ गर्न लागिएको अध्यक्ष कुंवरले जानकारी दिए । श्रृङगेश्वरधामका गुरुदेव त्रिकालदर्शी युवा ज्योतिषविद आचार्य दुर्ग प्रसाद भट्टराई (उपाध्याय)को मुखारविन्दबाट संगितमय कथाबाचन हुने समितिका सचिव रविलाल पोख्रेलले जानकारी दिए ।

महायज्ञका संयोजक तथा समितिका सल्लाहकार यज्ञश्वर मरासिनीले १० गते विहान वाजागाजा र भजनकृतनको साथमा भव्य कलश यात्रा घटस्थापना, व्यास पुजन तथा पाठपारायण शुभारम्भ हुने जानकारी दिए ।

उनका अनुसार असोज १६ गते वाजागाजा सहित फुलपाती भित्राउने १९ गते दुर्गा विसर्जन तथा टिका प्रसाद ग्रहण र अशोज २३ गते कोजाग्रत पुर्णिमाको दिन सरायनाच । फुलपाती विसर्जन गरिने छ । त्यसवाहेक दैनिक धार्मिक कार्यक्रम संगितमय कथा वाचन कार्यक्रम रहनेछ । समितिका बरिष्ठ उपाध्यक्ष कुल बहादुर केसीले नवदुर्गा मन्दिरको प्रचार प्रसारमा पत्रकार र मिडियाले महत्वको साथ लिएको बताउदै धन्यवाद दिए ।

कोषाध्यक्ष तथा आर्थिक संयोजक राधा पौडेलले मन्दिरको नियमित कर्मको लागि आर्थिक अवस्था कमजोर रहेको र भक्तजनहरुको सहयोगबाट मन्दिर संचालन गरिएको बताए । नेपाल पत्रकार महासंघ लुम्विनीका महासचिव विक्रम खड्का, समितिका सदस्य तथा मिडिया संयोजक रुद्रहरि कुंवरले धार्मिक कार्यक्रममार्फत सबैलाई सत्मार्गमा लैजान टेवा पुग्ने र मन्दिरको एतिहासिक तथा धार्मिक महत्वको अझै उजागर हुने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार