१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

परासी । नेपालीले मनाउने दशैँ,तिहार,छठ लगायतका महत्वपूर्ण चाडपर्वहरु शुरु हुनै लाग्दा पनि बजार अनुगमन नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

Advertisement

अन्य समयमा भन्दा चाडपर्वको समयमा वस्तु तथा सेवाहरुको बढी मात्रामा किनबेच हुने र यसको फाईदा उठाई गुणस्तरहिन तथा लेवल नभएका वस्तुहरु विक्री वितरण गर्ने,नापतौल तथा मूल्यमा अनियमितता गर्ने कामहरु गरी उपभोक्ता ठगी गर्ने कार्य भइरहेकोले बजार अनुगमनलाई तीव्र बनाउन मञ्चले माग गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली र जिल्ला सचिव मोहन पौडेलले आज प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रभावकारी बजार अनुगमन गर्न माग गरेका थिए ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक संवैधानिक अधिकारको संरक्षण,सम्बद्र्धन गर्न, अनुचित व्यापारिक क्रियाकलापलाई नियन्त्रण गरी स्वच्छ बजार कायम गर्न स्थानीय प्रशासनलाई यस समयमा बजार अनुगमनलाई तीव्र बनाउन माग गरेको केन्द्रीय सदस्य ज्ञवालीले बताए।

औपचारिकताका लागि र शहर केन्द्रीत मात्रै नभई ग्रामीण क्षेत्रका बजारमा पनि प्रभावकारी र सुधार हुने गरी बजार अनुगमन गर्न माग गर्दै मञ्चले चालु आवमा कम्तीमा महिनाको दुई पटक जिल्लामा बजार अनुगमन गर्ने गरी बनाईएको कार्ययोजना प्रशासननबाटै कार्यान्वयन नभएको भन्दै कार्ययोजना कार्यान्वयनमा जोड दिएको छ ।

चाडपर्वको समयमा हुने कृत्रिम अभाव,कालोबजारी,म्याद नाघेका तथा लेवल नभएका,नापतौलमा ठगी,अखाद्य वस्तुको बिक्री वितरण तथा महंगी जस्ता क्रियाकलापले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै उपभोक्ता ठगीमा परिरहँदा पनि सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाउनु विडम्बना भएको मञ्चका जिल्ला सचिव पौडेलले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?