ताजा अपडेट »

माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी

आइतबार, ०९ असोज २०७९, २१ : २८
4 Shares

दाङ । माइल्स इन्टरनेशनल कन्सलटेन्सी दाङले पहिलो सेमिनार सम्पन्न गरेको छ । जापान अध्यन गर्न जान चाहने विद्यार्थीहरुकालागि तुलसीपुरमा सेमिनार गरेको हो । सेमिनारलाई जापानको टोकियोको तोवा इन्टनेसनल स्कूलका प्रमुख कान्जुहो यसोदा आउले सम्बोधन गरेका थिए ।

सेमिनारमा जापानका विभिन्न कलेजका बारेमा जानकारी दिनुकासाथै त्यहाँ अध्ययन गर्दाका फाइदा,जागिरका अबसर, त्यहाँको रहनसहनका बारेमा जानकारी गराइएको थियो । सेमिनारमा १५२ भन्दा बढीको सहभागिता रहेको थियो । १५२ जनामध्ये ‘लक्कि ड्र’ मार्फत एक जनालाई एक लाख पचास हजारको जापान जाने टिकट प्रदान गरिएको थियो ।

सेमिनारमा जापानीज भाषामा बोलेका कुराहरुको अनुवाद माइल्स इन्टरनेसनल कन्सलटेन्सीका जापानीज भाषा प्रशिक्षक समिप भुसालले गरेका थिए भने सहजीकरण कन्सलटेन्सीका निर्देशक सन्दिप भुषालले गरेका थिए ।

कन्सल्टेन्सीका निर्देशक आकाश सिंहको अध्यक्षतामा भएको सेमिनारमा माइल्स इन्टरनेसनल कन्सलटेन्सीका कार्यकारी प्रमुख रबिन पराजुली, कन्सलटेन्सीका सिनियर जापानिज काउन्सिलर हरि थपलियाको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।