ताजा अपडेट »

उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह

आइतबार, ०९ असोज २०७९, २० : १०
6 Shares


बुटवल । नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई बुटवल आयोजनामा नेपालीहरुका महान चाडपर्वहरु विजय दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वका पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सम्पन्न साे कार्यक्रम बुटवल उपमहानगरकाे सभाहलमा नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई समिति बुटवलका अध्यक्ष अनिलकुमार माण्डव्यकाे अध्यक्षता तथा बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यता रहेकाे थियोे । संस्थाका सहसचिव राजकुमार श्रेष्ठको संचालनमा भएको साे कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी , संगठनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य द्वय ज्ञान प्रसाद अर्याल , ठगिश्वर पाेखरेल, पुर्व इकाई अध्यक्ष माधव बश्याल, विभिन्न वडाका वार्ड अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुकाे समुपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम बाेल्दै प्रमुख आतिथी पाण्डेले चार्डपर्वहरुका महत्त्व उजागर गर्दै कर्मचारीहरु र जनप्रतिनिधिहरुका सुमधुर सम्बन्धले नै सम्बृद्ध बुटवलकाे आधारशिला तय हुने हुदा कर्मचारीहरु थप उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न पर्ने भनाइ राखे । उनलेे अहिले बुटवल उपमहानगरपालिका बिकासका आधारशिलाहरु तय गर्ने दिशामा अग्रसर रहेकाे बताए । शुभकामना मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले वुटवलले विगतमा स्थापित गरेको शाखलाइ निरन्तरता दिनकालागि कर्मचारी र जनप्रतिनिधि वीच सहकार्य अनिवार्य रहेको वताए ।

मन्तव्य राख्दै संगठनका केन्द्रीय महासचिव श्रेष्ठले कर्मचारीहरुका सवालमा हुने निर्णय प्रकृयामा संगठनसंग आवश्यक समन्वय गर्न सुझाव दिएका थिए । कार्यक्रममा सहभागीहरु लाई स्वागत मन्तव्य इकाईका उपाध्यक्ष दिनेश काजी बज्राचार्यले राखेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।