ताजा अपडेट »

माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा

आइतबार, ०९ असोज २०७९, १७ : ५०
28 Shares

काठमाडौं । माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामुहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदिय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेकाे छ । 

 बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य पनि थिए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।