ताजा अपडेट »

यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

आइतबार, ०९ असोज २०७९, १६ : ५४
18 Shares

भैरहवा । चाडपर्व लक्षित अपराध रोक्न रुपन्देही प्रहरीले बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अबधीभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार भैरहवामा पत्रकार भेटघाट गरि सुरक्षा रणनिति सार्वजनिक गरेको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको उल्ल्ेख छ । यस्तै प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दावी गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली त्वरित कार्यवाही टिम (क्युआरटि) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए । चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने रेग्मीको भनाई छ ।

चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस्तै राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाईने उनले जनाए ।

प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उनले जनाए । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिए ।

यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने अर्यालले जनाए । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।