१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । 

Advertisement

भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ । 

गत साउन र भदौ महिनामा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात र २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । बितेका दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ रहेको छ । 

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, जोर्डन, युनाईटेड अबर इमिरेट्स, बेल्जियम, ओमान, अष्ट्रेलिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, फ्रान्स, बंगलादेश, युक्रेन, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, ब्राजिल र टकी रहेका छन् । 

यस्तै, स्वीट्जरल्याण्ड, कतार, क्यानडा, ताइवान, दक्षिण अफ्रिका, पोल्याड, जर्मनी, पराग्वे, इटाली, भुटान, अमेरिका, इजरायल, नेदरल्याण्ड्स, न्युजल्याण्ड, जापान, तान्जानिया, फिलिपिन्स, मेक्सिको, लिथुवानिया, मोजाम्बीक, आयरल्याण्ड, रुस, पाकिस्तान, इथियोपिया, नाइजेरिया, कुवेत, चिली, चेक रिपब्लिक, स्पेन, ग्वाटेमाला, म्यानमार, इजिप्ट, ग्रिस, बहराइन र स्वाजील्याण्डसँग पनि नेपालको व्यापार घाटा रहेको छ । 

भेनेजुयला, फिनल्याण्ड, गाबोन, युगाण्डा, मादागास्कर,  बुल्गेरिया, सर्विया, केन्या, श्रीलंका, हंगेरी, डोमेनिकन रिपब्लिक, रोमानिया, कोस्टारिका, पेरु, कजाकास्तान, स्लोभाकिया, मंगोलिया, पपुवा न्युगिनी, मोरक्को, यमन, इरान, नामिबिया, ग्रेनाडा, सर्विया, ट्युनिसिया, सियरा लियोन, बेलारुस, सुरीनेम, जर्जिया, साइप्रस, माल्टा, जमैका, माल र बु्रनाईसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, इराक, एंगोला, सुडान, लाट्भीया, मोनाको, क्रोयसिया, लेबनान, इस्टोनिया, मौरिसस्, आइसल्याण्ड, पोर्चुगल, स्लोभेनिया, न्यु कलेडोनिया, स्वीडेन, बेलायत, उरुग्वे, अष्ट्रिया, नर्वे र कम्बोडिया रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो