१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

दाङ । दाङ घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उनी बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको तीन वर्ष बितिसकेको छ ।

Advertisement

आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ । माडीगाउँपालिका– १ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झरेका विक बङ्गुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताए । उनले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरिसकेका छन् । बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उनले यो पेशामा हात हालेका हुन् । थोरै रकममार्फत सुरु गरेको व्यवसाय अहिले रु एक करोड बढीको लगानी पुगेको उनले बताए । मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका विकले आफ्नै एक बिघा जग्गामा बङ्गुपालन व्यवसाय थालेका छन् ।

उनको फार्ममा अहिले दुई सय ६० वटा बङ्गुर रहेका छन् । यसअघि सात सय रहेकामा केही समय अगाडि बङ्गुर मरेका कारण केही क्षति पुगेको बताए । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगारसमेत प्रदान गरेका छन् । यो व्यवसायबाट वार्षिक रु पाँच लाखसम्म बचत गरेको उनको अनुभव छ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका–१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन् । आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो । उनले गाईभैँसीबाट दैनिकरुपमा उत्पादन गरेको दूध घोराहीसम्म पु¥याए । 

चालिस वर्षीय घर्तीसँग नेपाल प्रहरीको जागिर र करिब पाँच वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव छ । हाल १० वटा गाई, भैँसी र बोयर बोका पाल्दै आएका घर्ती १८ कट्ठाजग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताए । रोजगारका लागि विभिन्न युवा श्रम शक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आर्यआर्जनको बाटो खोज्न आवश्यक रहेको उनको भनाइ छ । 

आफ्नै मेहनत र सीपमार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाईसमेत फाइदा पुग्ने उनले बताए । नेपालमा थुप्रै जमिन बाँझो रहेका अवस्थामा युवा कुषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव उनको छ । पूर्णबहादुर, आइतमाली पौरखी पात्रका रुपमा उदाहरण बनेका छन् । उनले जस्तै धेरै युवा स्वरोजगारमा लागेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाको राजपुर गाउँपालिका–३ खरदरीयामा पनि भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । यहाँ प्राय घरमा सयौँ भैँसी पाल्ने गरिएको छ । 

जसले गर्दा उनीहरुको दैनिकी भैँसीको रेखदेखसँगै दुग्धजन्य वस्तुको बजारीकरणमै बित्ने गरेको तर श्रमको सम्मान हुन नसक्दा र सरकारले उचित बजारको व्यवस्था गर्न नसक्दा यो पेसमा उत्साहका साथ लागेका कतिपय किसान निराश पनि छन् । यसतर्फ स्थानीय सरकारले उद्यमशीलताका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनीहरुको अपिल छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३/७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा पाँच सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् । यस्तै २०७४/७५ मा चार सय ४८, २०७५/७६ मा पाँच ७४, २०७६/७७ मा छ सय ५७, २०७८/७९ मा एक हजार एक सय ८१ र २०७९/८० मा एक हजार पाँच सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

दाङ । दाङ घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उनी बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको तीन वर्ष बितिसकेको छ ।

आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ । माडीगाउँपालिका– १ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झरेका विक बङ्गुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताए । उनले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरिसकेका छन् । बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उनले यो पेशामा हात हालेका हुन् । थोरै रकममार्फत सुरु गरेको व्यवसाय अहिले रु एक करोड बढीको लगानी पुगेको उनले बताए । मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका विकले आफ्नै एक बिघा जग्गामा बङ्गुपालन व्यवसाय थालेका छन् ।

उनको फार्ममा अहिले दुई सय ६० वटा बङ्गुर रहेका छन् । यसअघि सात सय रहेकामा केही समय अगाडि बङ्गुर मरेका कारण केही क्षति पुगेको बताए । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगारसमेत प्रदान गरेका छन् । यो व्यवसायबाट वार्षिक रु पाँच लाखसम्म बचत गरेको उनको अनुभव छ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका–१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन् । आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो । उनले गाईभैँसीबाट दैनिकरुपमा उत्पादन गरेको दूध घोराहीसम्म पु¥याए । 

चालिस वर्षीय घर्तीसँग नेपाल प्रहरीको जागिर र करिब पाँच वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव छ । हाल १० वटा गाई, भैँसी र बोयर बोका पाल्दै आएका घर्ती १८ कट्ठाजग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताए । रोजगारका लागि विभिन्न युवा श्रम शक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आर्यआर्जनको बाटो खोज्न आवश्यक रहेको उनको भनाइ छ । 

आफ्नै मेहनत र सीपमार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाईसमेत फाइदा पुग्ने उनले बताए । नेपालमा थुप्रै जमिन बाँझो रहेका अवस्थामा युवा कुषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव उनको छ । पूर्णबहादुर, आइतमाली पौरखी पात्रका रुपमा उदाहरण बनेका छन् । उनले जस्तै धेरै युवा स्वरोजगारमा लागेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाको राजपुर गाउँपालिका–३ खरदरीयामा पनि भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । यहाँ प्राय घरमा सयौँ भैँसी पाल्ने गरिएको छ । जसले गर्दा उनीहरुको दैनिकी भैँसीको रेखदेखसँगै दुग्धजन्य वस्तुको बजारीकरणमै बित्ने गरेको तर श्रमको सम्मान हुन नसक्दा र सरकारले उचित बजारको व्यवस्था गर्न नसक्दा यो पेसमा उत्साहका साथ लागेका कतिपय किसान निराश पनि छन् । यसतर्फ स्थानीय सरकारले उद्यमशीलताका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनीहरुको अपिल छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३/७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा पाँच सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् । यस्तै २०७४/७५ मा चार सय ४८, २०७५/७६ मा पाँच ७४, २०७६/७७ मा छ सय ५७, २०७८/७९ मा एक हजार एक सय ८१ र २०७९/८० मा एक हजार पाँच सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार