ताजा अपडेट »

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

आइतबार, ०९ असोज २०७९, ११ : ५३
8 Shares

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।

राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन्। उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ। संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् । राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।