१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बैतडी । बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो । 

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जानेबित्तिकै गालीग्लौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने । कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ । 

यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार दुबै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?