ताजा अपडेट »

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, ०९ असोज २०७९, ११ : ००
25 Shares

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका–४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । 

सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात् इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।