ताजा अपडेट »

अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते

आइतबार, ०९ असोज २०७९, ०८ : ४०
2 Shares

प्युठान । जिल्लाको गौमुखी गाउँपालिका–५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए ।

प्रहरीका अनुसार गएराति करिब ११ बजे भएको घटनामा ३५ वर्षीय थापाको मृत्यु भएको हो । अरिङ्गाल पोल्न गएका थप पाँच जना अरिङ्गालको टोकाई बाट घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्युठान अस्पताल विजुवारमा उपचार भइरहेको छ । खुङको खाल ओडारमा अरिङ्गाल पोल्ने क्रममा घटना भएको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।