ताजा अपडेट »

कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते

शनिबार, ०८ असोज २०७९, २० : ३८
32 Shares

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मीनबहादुर घलेले बताए ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाण्डौबाट दाङ जादै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।