१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

मुगु  । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।  

Advertisement

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । ती पसलबाट हरेक चामलको मूल्यमा प्रति एक केजीमा सात रुपैँया छुट दिइएको छ । कार्यालय प्रमुख भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ । 

सुपथ मूल्य पसलमा मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका र मुगुमकार्मारोगं गाउँपालिकाबाट प्रत्येक दिन तीन सयदेखि चार सयजना चामल लिन आउने गरेको कार्यालयले जानकारी दिएको छ । चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनका लागि कम्पनी कार्यालय मुगुले १५ सय क्विन्टल चामल बिक्री गर्ने भएको छ । 

कर्णालीका अन्य जिल्लाभन्दा मुगु सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । मुगुमकार्मारोगं गाउँपालिकाको पुलु डिपो केन्द्रमा अझैसम्म खाद्यान्न पुग्न सकेको छैन । पुलु डिपो केन्द्रका लागि ठेक्का प्रक्रिया नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य हालेर किन्न बाध्य भएका छन् । -खड्क सुनार/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार