ताजा अपडेट »

एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा 

शनिबार, ०८ असोज २०७९, १८ : १४
2 Shares

बुटवल । एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् ।

देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।पार्टीमा सधैंभरी सिमित मान्छे नेता हुने र कार्यकर्ताको विशाल पंक्ति सधै कार्यकर्ता नै रहिरहनुपर्ने बेथितिको विरुद्ध आफुले विद्रोह गरेको उल्लेख गर्दै उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे ।

२०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।