१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

बुटवल । बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम बुटवल जितगढिमा रहेकाे लाल दरबार कटेजमा आर्थिक अनुसन्धान केन्द्र नेपाल , समृद्धि सराेकार केन्द्रकाे संयुक्त आयाेजनामा सम्पन्न भएको छ । कार्यक्रममा विश्लेषक ऋषि आजादले बुटवलकाे विकास माेडलका बारेमा कार्य पत्र प्रस्तुत गरे ।

Advertisement

उक्त कार्यपत्रमा वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले टिप्पणी गर्दै बुटवलको विकासका लागि बाैद्द दर्शनका मुलभुत कुराहरुलाई व्यवहारिकता सँग जाेडेर लैजानु पर्ने र यसाे गर्न सकिएमा मात्रै सामाजिक न्याय सहितकाे समतामूलक समाज निर्माण हुने र यसकाे लागि बुटवलले नेतृत्व गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा पर्यटन विज्ञ बल बहादुर आचार्यले मुलुककाे आर्थिक समृद्धिका कृषि , पर्यटन र प्राकृतिक सम्पदाकाे समुचित उपयोग गर्ने नीति र व्यवहार आवश्यक रहेकाे बताए ।

लेखक हुमराज भुसालले बुटवलले भाैतिक पूर्वाधार विकास र बिस्तारकाे कार्यमा तिव्र गतिमा परिवर्तन गर्दै लगेकोले अबका दिनमा मानवीय जनशक्ति विकासकाे कार्यलाई अगाडि बढाउनु आवश्यक रहेकाे बताए । उनले नेपालकाे आर्थिकसामाजिक रुपान्तरणमा बुटवलले नेतृत्व लिने र यसका लागि बुटवल सँग त्याे क्षमता रहेको बताए । प्राध्यापक जीवन परियारले हाम्रा आर्थिक नीतिहरु प्रत्यक्ष रुपमा जीवनशैलीमा सुधार ल्याउने हुनु पर्ने र यसका लागि बुटवल उपमहानगरपालिकाकाे आर्थिक नीति बन्नुपर्नेमा जाेड दिएका छन । लेखक प्रेम परियारले बुटवलले मानव संशाधन सँगसँगै मानवियता पनि विकसित गर्दै लगेकोले बुटवल नेपालीको आर्थिक केन्द्र रहेको बताए ।

यसैगरी व्यवसायी शाेभाखर पाण्डेले राज्य व्यवसायीकाे अभिभावक बन्न नसकेकोमा दु: ख व्यक्त गर्दै , बुटवलमा बाहिरी लगानी भित्र्याउनका लागि ध्यान दिनु भन्दा यहाँका व्यवसायिलाई प्रबर्द्धन गर्ने खालकाे आर्थिक माेडल बुटवलमा हुनु पर्ने बताए । शिक्षिका गिता बन्जाडेले आर्थिकसामाजिक रुपान्तरणका लागि हाम्रा शैक्षिक कार्यक्रम नै असफल रहेकोले यसलाई स्थानीय आवश्यकताका आधारमा बनाउनुपर्ने बताईन । हाेटल व्यवसायी समुन्द्र जि सिले बुटवलको आर्थिकसामाजिक समृद्धिमा पर्यटन व्यवसायकाे भुमिका महत्त्वपूर्ण रहे पनि स्थानीय सरकारले पछिल्लो समयमा सहजीकरण गर्न नचाहेको बताए ।

कार्यक्रममा बाेल्दै गणेश बेलवासेले बुटवलका स्थानीयले अस्थायी बासिन्दाले उपेक्षा गरेकाले विकासमा अवरोध आएको बताए । कार्यक्रममा दीपक पन्थि गाेपि तिमिल्सिना लगायतले मनतव्य राख्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन ऋृषि आजादले गर्नु भएको थियाे भने अध्यक्षता गणेश घिमिरेले गर्नु भएको थियाे ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार