१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

काठमाडौँ । यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो । उक्त घटना, यो वर्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्याएको थियो । 

Advertisement

उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्याे । मानवीय क्षति भएन । दार्चुलामा महाकाली नदीले ठूलै विपत्ति निम्त्यायो । जिल्ला सदरमुकामनै प्रभावित भयो । खोटाङमा भूकम्पले सयौँ घरमा क्षति पुर्यायो । काठमाडौँ कपनमा अक्सिजन सिलिण्डर विष्फोटपछिको आगलागीमा तीन जनाको निधन र धेरै सम्पत्ति क्षति भयो । अन्य जिल्लामा केही मानवीय र भौतिक क्षति हुने गरी विपद्का घटना भए ।

मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएपनि तथ्याङ्कमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो । 

अघिल्लो वर्ष विपद्जन्य घटनामा चार सय ९० को मृत्यु भयो । यस वर्ष एक हजार सात सय ९१ विपद्जन्य घटनामा दुई सय २२ जनाले ज्यान गुमाए । अझै १३ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा पाँच सय २७ घाइते भए । दुई हजार तीन सय २७ परिवार प्रभावित भए । ती घटनामा अहिलेसम्म एक अर्बको क्षति भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । 

यसपालीको घटनामध्ये चट्याङबाट बढी मानवीय क्षति भयो । चट्याङले ७२ र पहिराले ५५ को ज्यान गयो । आगलागीबाट २६, जनावरको आक्रमणबाट २१ तथा बाढीबाट १५ को मृत्यु भयो । भारी वर्षा, हुरीबतास, वन डढेलोलगायतबाट मानवीय क्षति भयो । बढी घटना र बढी भौतिक क्षति आगलागीबाट भएको छ । हालसम्म मुलुकमा आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसबाट रु ८२ करोड ७१ लाख क्षति पुगेको छ । बाढीबाट धेरै (११ जना ) बेपत्ता भए । 

यसपाली मुलकुभर बाढीका दुई सय ३९ घटना भएकोमा त्यसबाट ५५ को मृत्यु, एक बेपत्ता, ४६ घाइते र दुई सय २९ घर प्रभावित भए । पहिराले रु आठ करोड ५५ लाख क्षति भयो । 

चट्याङका दुई सय १९ घटनामा ७२ को निधन, एक सय ९५ घाइते, तीन सय ३३ परिवार प्रभावित र ३५ लाखको क्षति भएको जनाइएको छ । त्यस्तै आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसमा २६ को मृत्यु, एक सय ३३ घाइते, नौ सय ८४ घर प्रभावित र रु ८२ करोड ७१ लाखको क्षति भएको छ । 

हुरीबतास र भारी वर्षाका दुई सय १५ घटना भएकोमा १४ को मृत्यु, ४५ घाइते, चारसय परिवार प्रभावित र रु पाँच करोड २५ लाखभन्दा बढीको क्षति भएको छ । एक सय ८७ वन डढेलो र जनावरको आक्रमणका घटनामा २२ को मृत्यु, ८५ घाइते, दुई सय ३१ परिवार प्रभावित र रु एक करोड ६२ लाखको क्षति भएको छ । विसं २०७७ मा बाढीबाट ४२ र पहिराबाट तीन सय एकसहित विभिन्न घट्नामा पाँच सय ९१ को मृत्यु भयो । बाढीबाट ३७ र पहिराबाट ६४ सहित एक सय एक बेपत्ता भए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार