ताजा अपडेट »

बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले

शनिबार, ०८ असोज २०७९, १५ : ४५
7 Shares

गुल्मी । १५ प्रतिशत तलव वृद्धिका लागि केन्द्रमा देशैभरका बालबिकास सहयोगी र विद्यालय कर्माचारीहरुले आन्दोलन चलाइरहेका बेला गुल्मीको धुर्कोट गाउँपालिकाले भने उनिहरुको तलव वृद्धि गरिसकेको छ ।

बालबिकास र विद्यालय कर्मचारीको तलव बढायो धुर्कोटले सबै शिक्षक र कर्मचारीहरुको तलव बृढी गरे पनि संघिय सरकारले बालबिकास सहयोगी र बिध्यालय कर्माचारीहरुको तलव भने वृद्धि नगरेर अन्याय गरिरहेको बेला गुल्मीको एक स्थानीय सरकारले भने उनिहरुको तलव वृद्धि गरेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकाले त्यस पालिका भित्रका सम्पुर्ण बालबिकास सहयोगी र बिद्यालय कर्माचारीहरुको जनही १५ प्रतिशत तलव वृद्धि गरेको हो । शनिबार धुर्कोट गाउँपालिकामा आयोजित नेकपा माओवादी निकट शिक्षकहरुको एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै सो पार्टिका नेता समेत रहेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उनिहरुको तलव वृद्धि भएको जानकारी दिएका हुन ।

सहभागी शिक्षकहरूलाई उनले भने माओवादी सरकारमा लैजान किन जरुरी छ ? भन्ने कसैले प्रश्न गर्छ भने यहि भन्नुहोस कि बर्षयौ देखि श्रम शोषणमा परेका बालबिकास सहयोगी र बिध्यालय कर्मचारी धुर्कोट गाउँपालिकाले पहिले नै दुई हजारका दरले तलव बढाइ सकेको छ भने हिजो मात्रै १५ प्रतिशतका दरले तलव बढाउने निर्णय गरेका छौ । उनले आम शिक्षक कर्माचारीहरुको हक हितको ग्यारेन्टी लिने पनि आफ्नो पार्टी माओबादी केन्द्र नै भएको दावी गरे ।

उअनले थपे धुर्कोट गाउँपालिकामा उत्कृष्ट विकास भयो भनेर अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत भन्न थालेका छ्न तर हामी कोभिड माहमारीका कारण सोछे जति बिकास गर्न सकेका छैनौ । जति गरेका छौ त्यो पनि अन्यत्रको तुलनामा राम्रै गरेका छौ जुन हाम्रो पार्टिको नीति बिचारले गरेका हौ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।