भैरहवा । पोखरामा जारी पहिलो माउण्ट एभरेष्ट जिसिएस अन्तरास्ट्रिय पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा यादव र दिपिका कार्कीले कास्य पदक जितेका छन् ।
बिहिबार देखी आईतबारसम्म चल्ने उक्त च्याम्पियनसिपमा दुबैले नेपालको प्रतिनिधित्व गर्दै पुमसे बिधामा कास्य पदक जितेको प्रशिक्षक राकेश यादवले जानकारी दिए ।
प्रतियोगितामा भारत, मलेसिया, इन्डोनेशिया, पाकिस्तान, दक्षिण कोरिया, केन्या, श्रीलन्का लगायत १६ राष्ट्रबाट १ हजार २ सय ५० जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतिक्रिया