ताजा अपडेट »

गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने

शनिबार, ०८ असोज २०७९, १३ : ०५
2 Shares


बुटवल । गुल्मी मालिका गाउँपालिका ४ अर्खावाङ्ग- रुपन्देही सम्पर्क समाजको स्थापना दिवस तथा विजया दशमीतथा शुभ दिपावलि छ्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै अध्यक्ष बिरेन्द्र अर्यालले विभिन्न पेशा व्यवसायले रुपन्देहीमा रहेका सबै अर्खावाङ्गवासी एक जुट हुनु पर्ने बताए । साथै सम्पर्क समाजलाई आगामी दिनमा अझ बढी प्रभावकारी तरिकाले अघि बढाउनु पर्ने बताए ।

समाजका  सल्लाहकार उमेश रेग्मी,  पिताम्बर अर्याल, राजु आर्यालले  गर्दै आएका  कार्यहरुलाई निरन्तरता दिनु पर्ने र  सम्पर्क समाजलाई अझै व्यवस्थित बनाएर अघि बढाउन सुझाव दिए ।  समाजका अध्यक्ष बिरेन्द्र अर्यालको अध्यक्षता, उपाध्यक्ष प्रेम बहादुर अर्यालको स्वागत मन्तव्यमा र सचीव टेकराज रेग्मीको सन्चालनमा भएको कार्यक्रम भएको थियो । 

साथै सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने  भएको छ । निर्माणका लागि मालिका गाउँपालिका र वाडसँग सहकार्य गर्ने तथा  तिहारमा देउसी भैलो कार्यक्रम गरेर भय पनि स्टल निर्माण गर्ने सम्पर्क समाजका अध्यक्ष  सहयोग मा स्टल निर्माण गर्ने निर्णय भएको समाजका सदस्य बाबुराम रेग्मीले बताए ।

२०७४ सालमा स्थापना भएको सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।