ताजा अपडेट »

‘द फेसन शो १९ नेपाल’ सम्पन्न

विहीबार, २६ मंसिर २०७६, १० : ४१
6 Shares

मंसिर २६,
ग्लोबल आवाज
बुटवल । नेशनल कलेज अफ आर्ट्स एण्ड डिजाइनको प्रस्तुति तथा जयन टेक्निकल कलेजको आयोजनामा ‘द फेसन शो १९ नेपाल’ सम्पन्न भएको छ । बुटवलको डार्सिज इन्टरनेशनल होटलमा यहि मंसिर २३ गते सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा २१ जना डिजाइनरहरु तथा ३० जना मोडलहरु सहभागी भएका थिए । जसमध्ये इश्मा चौधरीले ‘द फेसन शो १९ नेपाल’को उपाधी हात पारिन भने अस्मि गुरुङ मोडल अफ द इअरू बन्न सफल भईन । यस्तै पुर्णिमा गुरुङ फस्ट रनर अप, नविना राना सेकेण्ड रनर अप र कबिता थारु थर्ड रनर अप बन्न सफल भइन् ।

प्रतियोगीताको निर्णायकको रुपमा फेसन डिजाइनर रबिन परियार, फेसन डिजाइनर माला सुबेदी र प्रज्ञा तिवारी रहेका थिए । ब्राइडल थिममा भएको उक्त शोको कोरिओग्राफी मन्जेश गिरीले गरेका थिए । दुर्गा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रबि रानाले गरेका थिए । कार्यक्रममा बोल्दै यस्ता प्रतियोगीताहरुले फेसन डिजाइनरहरुमा जोस जाँगरका साथै क्रियटिभिटिमा पनि थप टेवा पुग्ने बताउँदै यस्ता प्रतियोगीताहरूमा आम मानिसको सोचाइ बदल्न आवश्यक रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।