ताजा अपडेट »

घाँस काटन गएकी महिला मृत फेला

शनिबार, ०८ असोज २०७९, ०९ : ४९
26 Shares

महोत्तरी  ।  महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार  घास  काटन जंगल गएकी थिइन । 
मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको  खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको पकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।