१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

Advertisement

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारिक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । 

रातिको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।-हरिप्रसाद भुसाल/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो