ताजा अपडेट »

बुटवलको एक घरमा चोरी गर्न पसेका पाल्पाका २१ वर्षीय गाहा पक्राउ

शुक्रबार, ०७ असोज २०७९, १३ : ३२
16 Shares

बुटवल । बुटवलको एक घरमा परेर चोरीको प्रयास गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का २१ वर्षीय खगेन्द्र गाहा मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गाहाले विहीबार राति साढे १२ बजे बुटवल उपमहानगरपालिका ४ स्थित संगम पथमा रहेको एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई चोरी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।