ताजा अपडेट »

लुम्बिनी र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विहीबार, ०६ असोज २०७९, २१ : ३१
11 Shares

काठमाडौं। अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार राति सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना छ । 

प्रदेश १ का विभिन्न भूभागमा वर्षाको सम्भावना छ । भोलि र पर्सि पनि देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली हुने उनले बताए। अगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सो क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको विभागले जनाएको छ। नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागको अनुरोध छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।