ताजा अपडेट »

बुटवलस्थित ओदान लाउञ्जमा दशैं फेस्ट, खानाका परिकारसहित विभिन्न प्रस्तुती रहने

विहीबार, ०६ असोज २०७९, १३ : २०
6 Shares

बुटवल । दशैं नजिकिँदैगर्दा व्यवसायीहरुले विभिन्न अफर तथा कार्यक्रमहरु ल्याएका छन् । यसैक्रममा बुटवल राजमार्ग चौराहस्थित ओदान लाउन्ज बार एण्ड रेष्टूरेन्टले ‘३ दिने ओदान दशैं फेस्ट’ आयोजना गर्ने भएको छ ।

रेष्टूरेण्टले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको छ । फेस्टमा विभिन्न हस्तकला, ट्याटू तथा अन्य खानाका परिकारसहितको स्टल, लाइभ म्यूजिकसहितको कार्यक्रम गर्न लागिएको सञ्चालक राजन थापाले बताए । निःशुल्क प्रवेशको व्यवस्थापन मिलाईएको फेष्टिभलमा खानाका विभिन्न परिकारमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

आगामी ७, ८, ९ गते आयोजना हुने फेस्टमा विभिन्न १२ वटा स्टलहरु रहने छन् । जसमा फुड तथा अन्य हस्तकाला, गिफ्ट, ट्याटू तथा अन्य उपहकारका स्टलहरु रहने आयोजकले जनाएका छन् ।

नेपाली, चाइनीज, इटालियन, कन्टीनेन्टल खानाका विशेष परिकार सहित लाईभ म्यूजक र डान्सको समेत व्यवस्था गर्न लागिएको सञ्चालक थापाले जानकारी दिए । उनका अनुसार तीनदिने फेस्टमा चर्चित गायक बसन्त श्रेष्ठको व्याण्ड, नाद ब्याण्ड, प्रतिक्षा एण्ड टिमको विशेष प्रस्तुती रहने छ ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष, चर्चित उद्घोषक तथा सञ्चारकर्मी सुमन श्रेष्ठले रेष्टूरेण्टले पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमले व्यवसायसँगै कलाको प्रवद्र्धन हुनुका साथै खाना र संगीतका पारखीलाई अवसर हुने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।