ताजा अपडेट »

सागमा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

बुधबार, २५ मंसिर २०७६, १६ : ४७
6 Shares

मंसिर २५,
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बधाई कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाई दिर्दै नगद पुरस्कार दिने घोषण गरेका हुन् । स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । जसमा दुई स्वर्ण जित्नेलाई भने नगद ११ लाख दिइने छ ।

सरकारले सागमा रजत जित्ने खेलाडीलाई प्रति व्यक्ति ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ पुरस्कार दिने घोषणा प्रधानमन्त्रीले गरेका छन् । टिम गेमको हकमा भने स्वर्ण जित्ने खेलाडीहरूले प्रति खेलाडी ५ लाख रूपैयाँका दरले नगद पुरस्कार दिइनेछ । सागको १३ औं संस्करणमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कांस्य गरी कुल २०६ पदक जित्न सफल भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।