ताजा अपडेट »

मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा

विहीबार, ०६ असोज २०७९, १३ : १२
25 Shares

नयाँ दिल्ली । आफ्ना कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि, ई–कमर्स प्लेटफर्म मिसोले  लगातार दोस्रो वर्ष ११ दिने कम्पनीव्यापी ‘रिसेट एन्ड रिचार्ज ब्रेक’ घोषणा गरेको छ ।  कर्मचारीहरूलाई कामबाट पूर्ण रूपमा आराम दिन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन लामो बिदा दिइएइको कम्पनीले वेबसाइटमा जानकारी दिएको छ । 

कामको जीवन सन्तुलन राम्रो मानसिक स्वास्थ्यको लागि सर्वोपरि भएको कम्पनीका संस्थापक सञ्जीव बर्नवालले ट्वीट गरेका छन् । ‘ आगामी चाडपर्वको सिजन र कामको जीवन सन्तुलनको महत्वलाई  ध्यानमा राख्दै हामीले लगातार दोस्रो वर्षको लागि ११ दिने कम्पनी–व्यापी ब्रेकको घोषणा गरेका छौं ! ’, बर्नवालले भनेका छन् । मिसोले कार्यलयका कर्मचारीलाई यसअघि पनि विभिन्न अवसरमा लामो बिदा दिने घोषणा गरेको थियो ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।