ताजा अपडेट »

डेंगूको डर: उच्च सतर्कता अपनाऔं

विहीबार, ०६ असोज २०७९, १३ : ०४
43 Shares

अहिले देशभरका अस्पतालमा डेंगूका बिरामीको चाप छ । नेपालका विभिन्न स्थानमा डेङ्गूको प्रकोप फैलिनुका साथै बढ्दै पनि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुासर अधिकांश जिल्लामा डेंगूका बिरामी भेटिएका छन् । विं.सं.२०६१ सालमा नेपालमै पहिलो पटक देखिएको लामखुट्टेबाट सर्ने यो रोग केहि वर्ष प्रकोपको रुपममा संक्रमण बढ्दो छ । कामज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने,थकान महसुस हुने, खान मन लाग्ने यो रोगका लक्षण हुन्।

डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका ताजा पानीमा बस्छ । यसले प्रायः दिनमा टोक्ने गर्छ । मांसपेशीमा गम्भीर दुखाइ निम्त्याउने भएकाले डेंगूलाई अङ्ग्रेजीमा ‘ब्रेक–बोन फिभर’ भनेर पनि चिनिन्छ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

विशेषगरी वर्षायाममा संक्रमण बढ्ने यो रोग हाल नेपालमा फैलँदै गएको छ । यस वर्ष अहिलेसम्म करिब २० हजार संक्रमित भएका छन् भने २० जनाभन्दा बढीले ज्यान गुमाइसेका छन् । असारदेखि सुरु भएको डेंगू संक्रमण असोजसम्म आउँदा निरन्तर बढ्दै गएको छ । निराकरणका लागि ठोस उपचार नभएको यस रोगबाट ज्यान जाने जोखिम भने कम हुन्छ । तर, समयमै रोग पहिचान नगर्दा,सावधानी नअपनाउँदा र स्वास्थ्य उपचार नगर्दा ज्यान जान सक्ने जोखिम भने बढी छ ।

डेंगूका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गर्ने,स्वास्थ्यकर्मीको सल्लाहअनुसार खानपानमा ध्यान दिने,ज्वरो तथा दुखाई सम्बन्धीका साथै पौष्टिक तव्व खाने गर्नु पर्दछ । यदि ज्वरो र अस्वस्थता निरन्तर बढेमा अस्पताल भनानै हुनु पर्दछ। डेंगूबाट संक्रमित भएर उपचार गराउनु वा मृत्युको मुखमा पुग्नुभन्दा संक्रमण नहुनु उत्तम हुन्छ । तसर्थ डेंगूबाट बच्न उच्च सावधानी अपनाउनु बुद्धिमानी हुन्छ।

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने गर्नु पर्दछ ।

त्यसैगरी घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने पूरै शरिर ढाक्ने लुगा लगाउने । पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने। साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने । जस्ता सतर्कता,सावधानी र सचेतनामा विशेष ध्यान दिएमा डेंगूको जोखिम कम हुन्छ ।

डेंगू विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगू खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ । यो प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउँछ । यस्तो देखिएमा असाधारण लक्षण हुन्छ र यसलाई जटिल मानिन्छ । यसको निर्मुल गर्ने उपचार भने हुँदैन । लक्षण अनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरु रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झन्झन् जटिल बन्दै जान्छ।

डेंगू प्रकोपको समय र बढ्दो संक्रमण छ भने अर्कोतर्फ नेपालीहरुका महान पर्वहरु पनि नजिकिएका छन् । यस समयमा घर वरीपरी सफा गर्ने प्रचलन पनि छ। त्यसैगरी धेरै आफन्त जमघट हुने बेला पनि हो । त्यसो त रोग लाग्नु कहिल्यैपनि राम्रा होइन । तर, चाडपर्वमा रोगको प्रकोप बढ्नु थप दुःखद हो । विशेषगरी लामखुट्टेका कारण तराइमा बढी जोखिम हुने यो रोग हाल पहाडी जिल्लामा पनि फैलिएको छ । यसलाई नियन्त्रण र निराकरणका लागि जनस्तरबाटसँगै स्थानीय , प्रादेशिक,संघीय सरकार लगाएत सरोकारवाला सबैले उच्च सर्तकता अवनाउन आवश्यक छ । स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।