ताजा अपडेट »

आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने

बुधबार, ०५ असोज २०७९, १९ : ३२
21 Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।

एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो । सन् २०२२ मा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही संकुचन आउने अनुमान एडीबीले गरेको हो । यसो हुनुमा सरकारले अहिले लिएका नीतिहरु मुख्य कारण हुने एडीबीको विश्लेषण छ । सरकारले आयातमा अंकुश लगाइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका निर्देशक अर्नाउड काउकोइसले बताउनु भएको छ ।

एडीबीले आज एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उतपादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ ।

कोभिड-१९ महामारीको असरका बावजुत पछिल्लो समय डेंगु ज्वरोको तीव्र फैलावट, प्राकृतिक प्रकोप र भू-राजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्ने एडीबीको भनाइ छ । सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ । तर, यसमा मलको अभावले धानको उतपादनमा भने प्रतिकुल असर पर्न जाने अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।