८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

गुल्मी । गुल्मीको धार्मिक क्षेत्र विचित्र गुफाको संरक्षण र पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारबाट एक करोड रकम विनियोजन गरिएको छ । प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट तत्कालाई एक करोड विनियोजन भएको र डिपिआरका लागि थप ९ करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री डिल्लीबहदुर चौधरीले बुधबार निर्णय गरेको लुम्बिनी प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी दिए ।

Advertisement

केहि दिन अघि लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदको नेतृव्वमा पर्यटन पत्रकारहरुको टोली गुल्मीको रिडी, रेसुङ्गा, विचित्र गुफा सहित विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भाव्यता अध्ययन गर्न आएको थियो । सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशी सहितको टोली बुधवार मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गर्न पुगेको थियो । त्यस बेला विचित्र गुफाको लागि तत्काल १ करोड र डिपिआरका लागि थप ९ करोड सहित १० करोडको योजना उपलब्ध गराउने मन्त्री चौथरीबाट निर्देशन भएको प्रेस संयोजक घिमिरेले बताए ।

त्यस टोली मै आएका पत्रकार यमलाल भुसालले विचित्र गुफाको विकासका लागि तत्काल एक करोड रकम पर्नुले अध्यान भ्रमण सफल रहेको महसुस भएको बताए । यता मन्त्री चौधरीको उक्त निर्णयले विचित्र गुफा संरक्षण समितिमा खुशीयाली छाएको समितिका अध्यक्ष युवराज भण्डारीले प्रतिकृया दिए । उनले भने–‘ केहिदिन अघि एक टोली सम्भाव्यता अध्यानमा आएको र आफुहरुले विचित्र गुफाको पर्यटन विकासका लागि विभिन्न कुराहरु राखे अनुसार आज करोडौं रकम विनियोजन भएको सुन्दा हामीमा खुशीयाली छाएको छ र अब प्रदेश सरकार पनि विचित्र गुफाको विकासमा साझेदार बन्ने भयो भन्ने कुराले गर्व लागेको छ।’

पर्यटन विकास परिषद् लुम्बिनीले गुल्मी सहित प्रदेशका सबै जिल्लामा पर्यटन अवलोकन भ्रमण गरी ती क्षेत्रको प्रवद्र्धनमा गरिने परिषद्का सदस्य हरिप्रसाद पोखरेलले ग्लोबल आवाजलाई बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु सिट बाँडफाँटको लागि गठबन्धन दलबीच छलफल हुँदै