ताजा अपडेट »

आध्यत्मिक खबर ओझेलमा परेको छ: ब्रम्हकुमारी शान्ती

बुधबार, ०५ असोज २०७९, १७ : ४४
44 Shares

भैरहवा । सञ्चारमाध्यमहरुले सकारात्मक खबरलाई प्रोत्साहित गर्नु पर्ने ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयले धारणा राखेको छ । अहिले नकारात्मक खबरहरु बढी प्रकाशन÷प्रसारण भई रहेको र सकारात्मक खबर ओझेलमा परेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयकी क्षेत्रिय प्रमुख शान्ती दिदीको भनाई छ । यी सबैमा पनि धर्म र आध्यात्मक संग जोडिएका खबरहरु सञ्चारमाध्यम अझै ओझेलमा परेको उनको भनाई छ ।

भैरहवामा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयको क्षेत्रिय कार्यालयमा आयोजित स्नेह मिलन कार्यक्रममा शान्ती दिदीले आध्यत्मिक खबर ओझेलमा परेको गुनासो गरिन । “एउटा सञ्चारमाध्यमले कम्तिमा दिनमा एक वटा सकारात्मक खबर प्रवाह गर्न सक्नुपर्छ ।” उनले भनिन “यसले समाजमा सकारात्मक उर्जाको प्रवाह गर्छ ।” ब्रम्हकुमारी ईश्वरीय विश्व बिद्यालय यस क्षेत्रमा स्थापना भई नैतिक र धार्मिक शिक्षामा सकारात्मक सन्देशहरु प्रवाह गरिरहेको उनले बताईन । यसको लागि सबैले यसमा सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय अन्र्तराष्ट्रिय मूख्यालय माउण्ट आबु भारतबाट आएका ब्रम्हकुमार चित्तरन्जनले विश्वविद्यालयले भिडियो डकुमेन्ट्री मार्फत नेपालमा आध्यत्मक र नैतिक शिक्षा प्रसार गरिरहेको बताए । अन्र्तराष्ट्रिय मूख्यालयमा नेपाली र बंगाली भाषाको डकुमेन्ट्री बिभाग हेरिरहेका उनले थुप्रै नेपाली भाषाका डकुमेन्ट्री उत्पादन गरि नेपालका बिभिन्न टिभी च्यानल मार्फत प्रसारण भई रहेको जानकारी दिए ।उनले भैरहवा, तिलोत्तमा र लुम्बिनीमा अध्ययन गर्ने बिद्यार्थीहरुको बिषयमा अहिले मूख्यालयकै सहयोगमा डकुमेन्ट्री निर्माण भई रहेको बताए । “यस क्षेत्रमा रहेका बिद्यालयहरुमा नैतिक शिक्षाको साथै उनिहरुसंग बिभिन्न प्रश्नहरु सोध्न आग्रह गरिरहेका छौं ।” उनले भने “यसले अवश्य पनि केही सकारात्मक नतिजा दिनेछ ।”

गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश अहिले भैरहवाको क्षेत्रिय कार्यालयले हेरिरहेको विश्वविद्यालयका केन्द्रिय सचिव तथा क्षेत्रिय उपाध्यक्ष ब्रम्हकुमार भुपेन्द्र अधिकारीले जानकारी दिए । उनले भैरहवा स्थित क्षेत्रिय कार्यालयमा प्रत्येक दिन निशुल्क रुपमा आध्यात्मिक शिक्षा, ध्यान लगायतका गतिविधिहरु सञ्चालन भईरहेको जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा