भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नजिकै रहेको गौतमबुद्ध एयरपोर्ट होटलले दशैं, तिहार र छठ बिशेष प्याकेज सार्वजनिक गरेको छ। दशै र तिहारमा लुम्बिनी तथा यस आसपास भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्याकेज सार्वजनिक गरेको होटल प्रशासनले जनाएको छ ।
होटलका कार्यकारी निर्देशक देव कुमार खडकाका अनुसार होटलले ८ हजार ९ सय ९९ रुपैयामा लक्जरी कोठा सहित मनपरेको बे्रकफास्ट, लुम्बिनी मायादेवी भ्रमणको ब्यवस्था गरिएको छ । यसै गरि एयरपोर्ट पिकअप र ड्रपको ब्यवस्था, स्विमिङ पुलको प्रयोग, जिम, सोना लगायतको सुविधा पनि लिन सकिने खडकाले जनाए । जोडीको लागि तोकिएको यो प्याकेजमा उनिहरुसंगै आउने ५ बर्ष मूनिका बालबालिकालाई कुनै शुल्क नलाग्ने उनले बताए ।
त्यो भन्दा माथिका उमेरका बालबालिकाको लागि भने १ हजार रुपैया थप शुल्क लिई अतिरिक्त बेड सहितको सबै सुविधा उपलब्ध गराउने होटलको तयारी छ । यस्तै एकल रुपमा आउने पर्यटकको लागि भने होटलले ४ हजार ९ सय ९९ रुपैयामै प्याकेज उपलब्ध गराउने जनाएको छ । ६० करोड रुपैया लागतमा निर्माण भएको गौतमबुद्ध एयरपोर्ट होटल तिनतारे स्तरको होटल रहेको कार्यकारी निर्देशक खडकाले जनाए । होटलमा १७ वटा डिलक्स, १४ वटा डिलक्स ट्विन, १३ वटा डिलक्स फैमली, १ वटा डोमेट्री रुम, १ वटा स्विट रुम र १ वटा अपाङ्ग मैत्री कोठा गरि ४५ वटा कोठा रहेको उनले जानकारी दिए ।
यसै गरि होटलले थप २५ देखी ३० करोडको लगानी गरि ३–४ महिनामै ४ तारे स्तरमा स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । मिनि क्यासिनो, बैंक्वेट हल, सेमीनार हल लगायतको संरचना तयार गर्ने र १५ वटा कोठा थप गने योजना रहेको खडकाले बताए । होटलले आउदो २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसरमा होटलको सबै सुविधामा २० प्रतिशत छुट समेत दिदै छ ।
प्रतिक्रिया