८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गोली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ।  सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।  

Advertisement

विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ। 

गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ। सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन्।  आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ। 

 केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा बिद्यालय भवनमा गोलीका खोका देखिन्छ।- एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

१० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना