ताजा अपडेट »

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सोमबार, ०३ असोज २०७९, १७ : ३०
28 Shares

गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका -८ का ५६ बर्षिय टोप बहादुर राना मगर अरिङ्गालको टोकाइ बाट मृत्यु भएका हुन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राती राना सहितका ५/६ जनाको समूह बुढिचौर माथी रेसुङ्गा बनमा अरिङ्गाल पोल्न गएका थिए । उनी अरिङालले टोकेका घाउ डामहरु सहित सोमबार बिहान साढे ७ बजे आफ्नै घरको कोठामा मृत फेला परेका थिए । अरिङ्गालको टोकाइबाट अर्का एक जना सामान्य घाइते भएको र अरु सकुशल रहेको बताइन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।