ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसको सप्ताहव्यापी कार्यक्रम सुरु

बुधबार, २५ मंसिर २०७६, १२ : ५४
24 Shares

मंसिर २५,
बसन्त आचार्य / ग्लोबल आवाज

बुटवल । वुटबल बहुमुखी क्याम्पसको ४७ औ स्थापना दिबसको अबसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम बुधबारबाट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आज सरसफाई कार्यक्रम भएको छ । सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख डा.शखिशरण सुबेदी, सहायक क्याम्पस प्रमुख, प्रध्यापक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

क्याम्पसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बिहिबार छात्र भलिबल प्रतियोगिता रहेको छ । त्यसैगरी २७ गते रक्तदान र अपाङ्गमैत्री वक्तृत्वकला, २९ गते म्याराथुन र कबिता, ३० गते छात्रा भलिबल र हाजिरी जवाफ, पुस १ गते वक्तृत्वकला, निबन्ध लेखन, २ गते कुर्ची दौड (छात्रा) र शिक्षक, कर्मचारी र विद्यार्थीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहेको विद्यार्थी कल्याण प्रमुख बाबुराम शर्माले बताए ।

पुष ४ गते समापन तथा पुरस्कार वितरण रहेको क्याम्पस प्रमुख डा.शखिशरण सुवेदीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।