ताजा अपडेट »

घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा १७ मुद्दा

सोमबार, ०३ असोज २०७९, ०८ : २४
24 Shares

फिजी । फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ । उनीमाथि सम्पत्तिमा क्षति पु¥याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ ।

ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो र्।  यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता उनी पक्राउ परेका थिए । बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाई हुनेछ । उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।