ताजा अपडेट »

लन टेनिसमा न्यु होराईजनका निश्चललाई दुई स्वर्ण

आइतबार, ०२ असोज २०७९, १४ : ०१
23 Shares

बुटवल । काठमाण्डौमा जारी लन टेनिस प्रतियोगितामा बुटवल न्यु होराईजनका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण हात पारेका छन । टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा काठमाण्डौमा भएको टिम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु-९ र यु-१० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन ।

आईतबार भएको पहिलो खेलमा यु-९ उमेर समुहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५-३, २-४ र १३-११ को सेटमा पराजित गर्दै उपाधि चुमे । यसैगरि यु-१० उमेर समुहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १-६, ६-३, १०-५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन । ज्ञवाली न्यु होराईजनमा कक्षा ५ मा अध्यरत छन ।

नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले देशभरमा लन टेनिसको उमेर समुहका खेलाडी उत्पादन भैरहेको बताए । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समुह र खुल्ला ईभेन्ट गरि देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन । बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समुहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिईरहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।