ताजा अपडेट »

सागका पदक विजेतालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

बुधबार, २५ मंसिर २०७६, ११ : ३२
8 Shares

मंसिर २५,

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्न आज बालुवाटार बोलाएका छन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई आज दिउँसो सबा २ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

म‌ंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । ८औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।