ताजा अपडेट »

तिलोत्तमा इन्ष्टिच्यूटमा अभिमुखिकरण

शनिबार, ०१ असोज २०७९, १९ : १८
6 Shares

बुटवल । सुख्खानगरस्थित तिलोत्तमा इन्ष्टिच्यूटद्वारा एक दिने लोक सेवा आयोग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न अभिमुखिकरणमा प्रदेश सेवा आयोगका विभिन्न पदहरु, अधिकृत, नायाब सुब्वा, खरिदार, बैंकिङ सेवा, नेपाल विद्युत प्राधिकरण, प्रहरी सेवा, नेपाली सेनातर्फ लोक सेवामार्फत सेवा प्रवेश गर्न चाहने करिब एक सय विद्यार्थी सहभागी भएका थिए ।

उनीहरुलाई काठमाण्डौबाट आएका वरिष्ठ प्रशिक्षक तथा पुस्तक लेखक बद्रि प्रसाद कार्की, उप्रेरक,प्रशिक्षक तथा संजिवनी कलेजका सिइओ दिपक रोका लगाएतका प्रशिक्षकहरुले विषयगत र उत्प्रेरणात्मक प्रशिक्षण दिएका थिए ।

सस्थाका प्रवन्ध निर्देशक नविन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनले आफ्नो संस्थाको चौध वर्षे इतिहासमा लोकसेवा आयोग र विभिन्न विषयका ब्रिज कोर्ष मार्फत प्रत्येक वर्ष हजारौँ विद्यार्थीलाई अब्बल बनाइ रोजगारी तथा बिभिन्न विषयमा भर्नाका लागि तयार गराइएकोमा गर्व लागेको अनुभव व्यक्त गरे ।

उनले नयाँ परिवेशमा प्रतिस्पर्धा बढ्दै गएकोले संस्थाले सोही अनुसारका वरिष्ठ प्रशिक्षकहरुमार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने पनि प्रतिवद्यता व्यक्त गरे । बिगत १४ वर्षदेखि बुटवलमा सचालनमा रहेको अग्रणि यस संस्थाले २०७९ मंसिर एक गतेबाट काठमांडौ बागवजारमा कर्पोरेट अफिस स्थापना गरी रिसोर्स पर्सन तथा काठमांडौबाट निलुपर्ने अन्य सेवालाई अझ सहज बनाउने अधिकारीले प्रतिवद्धता गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।