ताजा अपडेट »

जनप्रतिनिधि र स्थानीयलाई अग्नि निवारण सम्बन्धी सचेतना

शुक्रबार, २० पुस २०७५, १७ : १०
10 Shares

गुल्मी । गुल्मीमा शसस्त्र प्रहरी बल गुल्मले अग्नी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । बिद्यार्थीहरुलाई साइबर बिपद सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको प्रहरीले जिल्लाको मुसिकोट नगरपालिका गुल्मीमा जनप्रतिनिधी र स्थानियलाई अग्नी निवारण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको हो ।
शान्ति सुरक्षामा खटिने प्रहरी निश्वार्थ भावनाले सदरमुकाम तम्घासबाट टाढा ग्रामीण स्थानमा रहेको नगरपालिकामा पुगेर जनप्रतिनिधी,आमा समुह, स्थानिय अगुवालाई राखेर बिपद ब्यावस्थानमा अग्नी निवारण समबन्धी नमूना सहित सचेतना कार्यक्रम गरेको छ । वामी स्थित रुद्रावती बहुमुखी क्याम्पस वामीमा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा सहित जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
शसस्त्र प्रहरीले जनप्रतिनिधी र स्थानियलाई दिइएको जचेतना मुलक प्रशिक्षणमा कसरी भूूमिमका निर्वाह गर्न सकिन्छ भन्ने सम्बन्धमा महत्वपूर्ण प्रस्तुतिहरु राखिएको थियो । बिपलको बेला सबैभन्दा पहिले जुन ठाउँमा रहेका स्थानिय नै अगुवा स्थानमा रहेकाले पूर्व तयारी बारे मुख्य उद्देश्य रहेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नाय उपरिक्षक दिनेश रायमाझीले बताए ।
शसस्त्र प्रहरी बल गुल्म गुल्मीका डिएसपी दिनेशबहादुर रायमाझीले आगो भनेको के हो, कसरी आगोलागी हुन सक्छ, आगोलागीका प्रकारहरु, आगोलागी नियन्त्रण गर्ने उपायहरु जस्ता विषयमा प्रशिक्षा दिएका थिए । आगो नियन्त्रणको क्रममा के कस्ता सामग्री प्रयोग गर्ने लगायतका विविध बिषयमा उनले जानकारी गराएका थिए ।


जनचेतना मुलक कार्यक्रममा बिपद भनेको के हो, बिपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र बिपदको समयमा अपनाउन सकिने संयमताको बिषयमा डिएसपी रायमाझीले जानकारी गराएका थिए । उनले गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पको समयमा शसस्त्र प्रहरीले निभाएको भुमिका, बिपदको समयमा सुरक्षाकर्मीको मात्र भर नपरी सबैले आफ्नो आफ्नो तवरबाट सहयोग गरेको खण्डमा सजिलै नियन्त्रण गर्न सकिने समेत उनको भनाइ थियो ।


सहभागीहरुलाइ बिभिन्न अडियो तथा भिडियो क्लिप्सको सहयोगबाट प्रष्ट पारीएको थियो । सैद्धान्तिक क्रियाकलापको समापन पनि बिभिन्न नमुनाहरु प्रदर्शन पनि गरीएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।