ताजा अपडेट »

न्युपोर्ट काउन्टीसँग म्यान्चेस्टर सिटी भिड्ने

बुधबार, २३ माघ २०७५, ०७ : १४

माघ २३, जारी एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणको खेलमा म्यान्चेस्टर सिटीले न्युपोर्ट काउन्टीसँग भिड्ने भएको छ । 

सिटी ‘तेस्रो डिभिजन’को क्लब न्युपोर्ट काउन्टीसँग प्रतिस्पर्धा गर्न लागेको हो । मंगलवार राति सम्पन्न भएको चौथो चरणको रिप्ले खेलमा न्युपोर्ट काउन्टीले मिडल्सब्रोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै न्युपोर्ट काउन्टीसँगको भेट पक्का गरेको हो । न्युपोर्टको जितमा खेलको ४७ औँ मिनेटमा विलमोटले तथा ६७ औँ मिनेटमा एमोन्डले समान एक-एक गोल गरेका थिए ।

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा उल्भ्सले श्रेवरीलाई ३-२ गोल अन्तरले, ब्रेन्टफोर्डले बार्नेटलाई ३-१ गोल अन्तरले तथा क्युपिआरले पोर्टसमाउथलाई २-० गोल अन्तरले पराजित ग-यो । 
-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।