१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । बुटवल उपमहानगरपालिका–७ सुख्खानगरका रिजन खनाल दुई सातादेखि सम्पर्कविहिन भएका छन् । बुटवलकै अक्सफोर्ड कलेजमा कक्षा १२ मा अध्ययनरत २० वर्षीय रिजन सक्पर्मविहिन भएपछि परिवारले खोजिका लागि अपिल गरेको छ ।

भाद्रत १४ गते साथीलाई भेट्न भनि घरबाट हिँडेका रिजन हालसम्म पनि सम्पर्कमा नआएको भन्दै उनका बुवा ऋषिराम खनालले खोजिका लागि अपिल गरेका हुन् । छोरा सम्पर्कविहिन भएपछि भाद्र १५ गते ईलाका प्रहरी कार्यालय बुटवलमा खोजिका लागि जाहेरी दर्ता गराएका उनीहरुले हालसम्म पनि छोराका बारेमा कुनै जानकारी नपाएको भन्दै गुनासो गरेका छन् । ‘भाद्र १४ गते तीजको दिन साथीसँग भेट्न जान्छु भनि घरबाट झोलामा एक जोर कपडा बाकेर हिँडेको थियो । रातपरेपछि पनि छोरो घरमा नआएर सम्पर्क हुन नसकेपछि सोही दिन राती ईलाका प्रहरी कार्यालय बुटवलमा खोजिका लागि निवेदन दर्ता गराउन पुग्यो ।’–ग्लोबल आवाजसँग कुरा गर्दै रिजनका बुवा ऋषिरामले भने, ‘उक्त दिन २४ घण्टा नपुग्दै हराएको जाहेरी लिन नमिल्ने भन्दै हामीलाई फर्काइयो । दोस्रो दिन फेरी गएर निवेदन दर्ता यरायौं । तर हालसम्म प्रहरीले समेत कुनै जानकारी दिन सकेको छैन ।’

ऋषिरामका अनुसार रिजनको खोजि गर्ने क्रममा बुटवलबाट नेपालगन्ज जाने बसको टिकट काटेर त्यसतर्फ लागेको देखिन्छ । त्यसबाहेक अन्य कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ । रिजनको कल डिटेल हेर्दा समेत आफ्नो परिवार बाहेक कसैसँग पनि कुराकानी नभएको भेटिएको छ । कुनै पनि कुलत तथा मोवाईल गेमहरुमा समेत चासो नभएका उनी घरमा राम्रै कुराकानी गरेर सल्लाहले नै बाहिरिए पनि एक्कासि सम्पर्कविहिन भएको परिवारले बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले रिजनको खोजि कार्य जारी रहेको बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली