ताजा अपडेट »

डेंगु संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

सोमबार, २७ भदौ २०७९, २१ : २९
30 Shares
सोमबार, २७ भदौ २०७९
30 Shares

दाङ । दाङमा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । सोमबार बिहान घोराही उपमहानगरपालिका १४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।

बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मृतक महिला डेंगु संक्रमित भएर सोमबार बिहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । दाङमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् ।

डेंगुका बिरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।