ताजा अपडेट »

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट आयात निर्यातको सम्भावना उल्लेख्य

आइतबार, २६ भदौ २०७९, १० : २६
26 Shares

भैरहवा । साउनको ११ गते भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल प्रयोग गरि पहिलो पटक कार्गो सामाग्री बाहिर निर्यात गरियो । काठमाडौंको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालि मार्फत् बाहिर पठायो । हस्तकलाजन्य उनका सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाईएको यो निर्यातपछि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बाट पनि कार्गो पठाउन मिल्ने चर्चा चल्यो ।

साउन ११ गते पठाईएको यो सामाग्री पछि त्यस यता सम्म यो बिमानस्थल भई निर्यात हुनै सकेको छैन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलको बैकल्पिक बिमानस्थलको रुपमा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल व्यवसायीहरुले चासो नदिदा सदुपयोग हुन सकेको छैन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलको प्रयोग गरि नेपाली उत्पादनहरु बाहिर निर्यात भईरहे पनि भैरहवा बिमानस्थल भने सुनसान रहेको छ ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि यहाका व्यवसायीहरुले जुन प्रकारले चासो लिनु पर्ने हो त्यो नहुदा बिमानस्थल प्रयोगविहिन अवश्थामा पुगेको सरोकारवालाको चिन्ता हुने गरेको छ ।

सम्भावनै सम्भावना रहेको बिमानस्थलको समुचित प्रयोगको लागि यहाका निजि क्षेत्रहरु अब जागरुक हुनु पर्ने नेपाल फ्रेट फरवर्डस एसोसिएसन (नेफा) का अध्यक्ष मनोज अधिकारी बताउछन् । “सधै काठमाण्डौंकै ब्यवसायी आएर यहाको बिमानस्थल धान्ने हैन । यसको लागि यहीकै निजि क्षेत्र लाग्नु पर्छ ।” उनले भने “यहाका स्थानिय उत्पादनहरुको पहिचान गरि बिमानस्थल मार्फत निर्यातको तयारी गर्नु नै उत्तम हुन्छ ।” रुपन्देही हरियो तरकारी र माछाको लागि उर्बर भूमि हो यसको साथै औद्योगिक उत्पादनहरु पनि निर्यात गर्ने प्रचुर सम्भावना रहेको अधिकारीको भनाई छ । यसको साथै नारायणी पश्चिमको भाग जडिबुटी, कफि, चाउचाउ, मैदा लगायत पनि निर्यात गर्न सकिने उनले बताए । “निर्यातजन्य बस्तुहरुको पहिचान गरि यसको उत्पादनमा जोड दिनु पर्छ, यसको सहजीकरणको लागि नेफा तयार छ ।” अधिकारीले भने “बिमानस्थललाई पर्यटनमा मात्र नभई उत्पादनमूलक उद्योगको प्रवद्र्धनमा पनि जोडौं ।”

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्यातको लागि पूर्ण तयारी अवश्थामा रहेको छ । तर आयात निर्यातको लागि ब्यवसायीहरुले चासो दिएका छ्र्रैनन् । नयाँ विमानस्थलको प्रबद्र्धनका लागि पनि उद्योगी–व्यवसायीले गौतमबुद्धलाई प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।
तत्कालका लागि अस्थायी रुपमा दैनिक चार–पाँच सय टन सामाग्री आयात–निर्यात गर्न सकिने संरचना तयार छ । तर, नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौंको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने “सर्वज्ञ” ले यहाबाट के पठाउने भन्ने नै अहिले स्पष्ट नरहेको बताउछन् । भर्खर भर्खर सञ्चालनमा आएकोले उद्योगी ब्यवसायीहरु अन्यौलको अवश्थामा रहेको उनको भनाई छ । “अहिले सम्म समान काठमाण्डौंबाट नै समान पठाईरहेका थियौं । यहाबाट के पठाउने भन्ने सम्भावयता अध्ययन गरिरहेका छौं । न्यौपानेले भने “ यहाबाट हरियो तरकारी, पानी, चाउचाउ लगायतका सामाग्री अरब मुलुकमा निर्यातको तयारी गरिरहेका छौं ।”व्यवसायीहरुका अनुसार अहिले बिभिन्न कानूनी अड्चनहरु रहेका छन् । हरियो तरकारी भण्डारण देखी लिएर यसको लागि चिस्यान केन्द्र तथा भन्सार चेकजाँच बिन्दुको पनि अभाव रहेको उद्योगीहरुको भनाई छ ।

कार्गो ढुवानीले लुम्बिनीका कृषि उत्पादन र औद्योगिक उत्पादनहरुलाई बिदेशी बजार पाउन सहज बनाएको बिमानस्थलका महा प्रवन्धक गोविन्द दहालको भनाई छ । उहाले यस क्षेत्रका व्यवसायीलाई आर्यात–निर्यात गर्दा गौतमबुद्ध बिमानस्थललाई प्रयोग गर्न आग्रह गरे । दहालले केही कानूनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै बाह्य मुलुक पठाउन सकिने बताउछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा प्रमुख टिकाराम गैरेका अनुसार भन्सार कार्यालय आयात निर्यातका लागी पूर्णतया तयार रहेको छ । उनले आयात निर्यातको लागि चाहिने आवश्यक भौतिक पूर्वाधारका साथै जनशक्ति पनि रहेको कारण बिमानस्थल प्रयोग गरि आयात निर्यात गर्न कुनै बाधा नरहेको बताए । चाडै नै बिमानस्थलमा निर्माण सम्पन्न भएको कार्गो भवन पनि सञ्चालनमा आउने र यसले यस क्षेत्रको उत्पादनलाई भण्डारण गर्ने देखि निर्यात गर्न थप सहज हुने गैरे बताउछन् ।जेठ २ गते बाट औपचरिक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबाट एक मात्र एयरलाईन्स कम्पनी जजीरा एयरलाईन्सले सातामा ३ पटक कुवेत– भैरहवा–कुवेत उडान गर्दै आईरहेको छ । बढ्दो सवारी चापको कारण जजीराले यही भदौ ३१ गतेबाट भैरहवाबाट दैनिक उडान गर्दैछ । यसको लागि जजीराले उडान अनुमति समेत पाई सकेको छ ।

बिमानस्थलले अहिले एयरलाईन्स कम्पनीहरुलाई बिभिन्न छुट प्रदान गरेको छ । बिमानस्थलमा ल्याण्डिङ्ग, पार्किङ्ग र नेभिगेसनमा सत प्रतिशत छुट दिईदै आएको छ । यसैमा भदौ २ गते देखी बिमानस्थलले ग्राउण्ड हेण्डलिङ्गमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यसले कार्गो ढुवानी काठमाण्डौं भन्दा भैरहवामा सस्तो बनाएको जजिराका विक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले जानकारी दिए । यताको उत्पादन काठमाण्डौं पु¥याउदा लाग्ने खर्च र एयरलाईन्सको खर्च समेत जोड्दा त्यसको तुलनामा भैरहवाबाट आयात निर्यात गर्दा सस्तो हुने उनको भनाई छ ।

अहिले उडानमा रहेको जजीरा बाहेक विज एयर पनि कार्तिक १३ गते देखि यहा उडानको तयारी गरिरहेको छ । जजीराकै दैनिक उडानलाई पनि यात्रु पु¥याउन यसै सरकार, क्षेत्रका स्थानिय एवम निजि क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालहरुको भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा