ताजा अपडेट »

अलग्गिए र्याप गाएक हनी सिंह र शालिनी

आइतबार, २६ भदौ २०७९, ०९ : ५२
2 Shares

मुम्बई । पञ्जाबी गायक यो यो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ । हनीले ‘एलिमनी’का रुपमा १ करोड रुपैंयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन् ।

अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ सन् २०२३  मार्च २० मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ ।

शालिनीले गत वर्ष अगस्ट ३ मा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गरेकी छन् ।

शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउकी थिइन् । शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन् । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् ।

हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए । उनीहरु बाल्यकालदेखि नै एकअर्कालाई चिन्दथे र एकै विद्यालयमा पढ्थे ।

शालिनीले आफूलाई आरोप लगाए पनि हनीले अगस्ट ६ मा सामाजिक सञ्जालमा पोस्ट लेखेका थिए । उनले आफूमाथि लगाएको आरोप अस्वीकार गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।